७ कम्पनीको ३ अर्ब ४५ करोडको हकप्रद सेयर आउदै, सबैभन्दा बढी अपी पावरकाे (सूचिसहित)

<p>काठमाडौं । जलविद्युत, उत्पादनमुलक, वित्त र बीमा गरी ७ कम्पनीले पुँजी बढाउने हकप्रद सेयर निष्कासन गर्न लागेका छन् । ती कम्पनीले ३ अर्ब ४५ करोड ९ लाख रुपैयाँ बराबरको ३ करोड ४५ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् । कसको कति यहाँ क्लिक गर्नुस  सबैभन्दा धेरै हकप्रद निष्कासन गर्नेमा अपी पावर [&hellip;]</p>

काठमाडौं । जलविद्युत, उत्पादनमुलक, वित्त र बीमा गरी ७ कम्पनीले पुँजी बढाउने हकप्रद सेयर निष्कासन गर्न लागेका छन् । ती कम्पनीले ३ अर्ब ४५ करोड ९ लाख रुपैयाँ बराबरको ३ करोड ४५ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् । कसको कति यहाँ क्लिक गर्नुस 

सबैभन्दा धेरै हकप्रद निष्कासन गर्नेमा अपी पावर कम्पनी लिमिटेड रहेको छ । अपीले जलविद्युत आयोजनामा लगानी गर्नका लागि २०० प्रतिशत अर्थात २ अर्ब १० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न लागेको छ ।

यस्तै श्रीराम सुगर मिल्स लिमिटेडले पनि पुँजी बढाउन ३०० प्रतिशत अर्थात ८९ करोड ३ लाख ९४ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयर निष्कासन गर्ने तयारीमा रहेका अन्य कम्पनीमा वरुण हाइड्रोपावर कम्पनी लिमिटेड, उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड, किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् ।

यी सबै कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् । बोर्डबाट अनुमति पाएपछि हकप्रद सेयर निष्कासन हुने छ । वित्त तथा बीमाले चुत्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् ।

Share News