काठमाडौं–कुलेखानी–हेटौडा सुरुङमार्ग चिनियाँ कम्पनी पावर चाइनाले बनाउने

<p>काठमाडौं । काठमाडौं–कुलेखानी–हेटौडा सुरुङ मार्ग पावर चाइना कर्पोरेशनले बनाउने भएको छ । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड र पावर चाइनाबीच सडक आयोजनामा लगानी, विकास, वित्त व्यवस्थापन, निर्माण तथा संचालन व्यवस्थापन गर्न संयुक्त विकास सम्झौता (जेडीए) भएको छ । जेडीए गत साउन ९ गते सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ । पावर चाइनाले आयोजनामा ९५ प्रतिशतसम्म [&hellip;]</p>

काठमाडौं । काठमाडौं–कुलेखानी–हेटौडा सुरुङ मार्ग पावर चाइना कर्पोरेशनले बनाउने भएको छ । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड र पावर चाइनाबीच सडक आयोजनामा लगानी, विकास, वित्त व्यवस्थापन, निर्माण तथा संचालन व्यवस्थापन गर्न संयुक्त विकास सम्झौता (जेडीए) भएको छ । जेडीए गत साउन ९ गते सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।

पावर चाइनाले आयोजनामा ९५ प्रतिशतसम्म लगानी गर्ने सहमती गरेको छ । पावर चाइनाले ७५ः२५ अनुपातमा ऋण लगानीका लागि अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुबाट लगानीको व्यवस्थापन गर्ने जिम्मा समेत लिएको छ । नेपाल पूर्वाधारको विस्तृत प्राविधिक योजना पुनरावलोकन तथा विगत ३० महिनादेखि पटक पटक आयोजना क्षेत्रको स्थलगत भ्रमण गरेर पावर चाइनाले १३ जनवरी २०१८ मा प्राविधिक प्रस्ताव समेत पेश गरी सकेको छ । पुनरावलोकन पश्चात यस आयोजनामा सडकको कूल लम्वाई मध्ये ४४ सुरुङ्ग तथा पुलले ओगट्ने छ । जसका कारण यो आयोजना अझै भूगर्भमैत्री रहने विश्वास कम्पनीले लिएको छ ।

सन् २०१५ डिसेम्वरदेखिको लगातारको आपसी छलफल तथा विचार विमर्शको परिणाम स्वरुप नेपाल पूर्वाधारले पावर चाइनासँग २०१७ मेमा चीनको बेइजिङ्गमा बेल्ट एण्ड रोड इनिसिएटिभ सम्मेलनको अवसरमा ईपीसी ठेक्कामा हस्ताक्षर गरेको हो ।पावर चाइना सिनो हाइड्रो लगायत ९८ वटा सहायक कम्पनी रहेका छन । पावर चाइना सिनो हाइड्रो मार्फत नेपालमा विगत ३० वर्षदेखि जलविद्युत तथा भौतिक पूर्वाधार निर्माण कार्यमा संलग्न रहेको छ ।

नेपाल पूर्वाधारले पावर चाइनाबीच भएको सम्झौतापत्र भौतिक योजना तथा यातायात मन्त्रालय र प्रदेश नं. ३ को सरकार समक्ष पेश गरी सकेको छ ।सार्वजनिक निजी साझेदारी मोडेलमा बन्ने यो आयोजनाको निर्माणकर्ता नेपालपूर्वाधार विकासको गत मंगलबार बसेको संचालक समितिको बैठकले सर्वसम्मत रुपमा भवन भट्टलाई अध्यक्ष चयन गरेको छ । भट्ट गैर आवासीय नेपाली संघका अध्यक्ष समेत हुन ।

Share News