माथिल्लो तामाकोसीको आईपीओ भर्ने अन्तिम दिन बिहीबारसम्म

<p>काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) निष्कासन आज बिहीबारसम्म मात्र खुला हुने भएको छ । बिहीबार बैंकिङ समयसम्म आईपीओ भर्न पाइने निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ । अपरतामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित दोलखाका स्थानीयबासिन्दालाई साउन १६ गतेदेखि भदौ १६ गतेसम्मका लागि १ अर्ब ५ करोड ९० लाख रुपैयाँ [&hellip;]</p>

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) निष्कासन आज बिहीबारसम्म मात्र खुला हुने भएको छ । बिहीबार बैंकिङ समयसम्म आईपीओ भर्न पाइने निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ ।

अपरतामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित दोलखाका स्थानीयबासिन्दालाई साउन १६ गतेदेखि भदौ १६ गतेसम्मका लागि १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । आईपीओ भर्न धेरै बाँकी भएपछि कम्पनीले सयम बढाएर भदौ २१ गते पुर्याएको हो ।

Share News