एशियन लाइफ इन्स्योरेन्स लगायत तीन कम्पनीको ६८ लाख कित्ता सेयर सूचिकृत

<p>काठमाडौं । बिहीबार एशियन लाइफ इन्स्योरेन्स कम्पनी लगायत तीन कम्पनी सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएका छन् । विभिन्न तीन कम्पनीको बोनस र हकप्रद गरी ६८ लाख ९ हजार ६३३ कित्ता सेयर सूचिकृत भएका हुन् । नेप्सेमा एसियन लाइफ इन्स्योरेन्स, प्रभु बैंक र ग्रीन डेभलपमेन्ट बैंकको सेयर थपिएका हुन् । यी मध्ये एसियन लाइफको ४ [&hellip;]</p>

काठमाडौं । बिहीबार एशियन लाइफ इन्स्योरेन्स कम्पनी लगायत तीन कम्पनी सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएका छन् । विभिन्न तीन कम्पनीको बोनस र हकप्रद गरी ६८ लाख ९ हजार ६३३ कित्ता सेयर सूचिकृत भएका हुन् ।

नेप्सेमा एसियन लाइफ इन्स्योरेन्स, प्रभु बैंक र ग्रीन डेभलपमेन्ट बैंकको सेयर थपिएका हुन् । यी मध्ये एसियन लाइफको ४ लाख ८३ हजार ३५५ कित्ता हकप्रद सुचिकृत भएको छ ।

साथै, बाँकी दुई कम्पनीको ६३ लाख २६ हजार २७८ कित्ता बोनस सेयर थपिएका छन् । प्रभु बैंकको २३ लाख २६ हजार २७८ कित्ता र ग्रीन डेभलपमेन्ट बैंकको ४० लाख कित्ता गरी सो मात्राको बोनस नेप्सेमा थपिएको हो ।

Share News