गणपति माइक्रोफाइनान्सको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल, ३ करोडको आईपीओ जारी गर्दै

<p>काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त भएकाे छ । बिक्री प्रबन्धकमा नियुक्त भएसँगै एनआईबिएल एस क्यापिटलले संस्थाकाे सम्पूर्ण सेयरको काम गर्ने भएको छ । यससँगै संस्थाले एनआईबिएल एस क्यापिटलमार्फत प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ३ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्ने भएको छ । सो सेयर निष्काशन [&hellip;]</p>

काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त भएकाे छ । बिक्री प्रबन्धकमा नियुक्त भएसँगै एनआईबिएल एस क्यापिटलले संस्थाकाे सम्पूर्ण सेयरको काम गर्ने भएको छ ।

यससँगै संस्थाले एनआईबिएल एस क्यापिटलमार्फत प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ३ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्ने भएको छ । सो सेयर निष्काशन सम्बन्धी सम्झौता–पत्रमा गणपति माइक्रोफाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटा र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

गणपति माइक्रोफाइनान्सको अधिकृत पूँजी २० करोड रुपैयाँ, जारी पूँजी १० करोड रुपैयाँ र चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ । साथै, सर्वसाधारणहरुलाई सेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी १० करोड रुपैयाँ हुनेछ ।

Share News