
काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) मा माग भन्दा ३ गुणा बढी आवेदन परेको छ । बुधबारसम्म १ लाख ९७ हजार आवेदकबाट २ अर्ब ९२ करोड रुपैयाँको आईपीओ भरेको निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ ।
बिहीबारको विवरण आउन बाँकी रहेकाले थप हुने कोषका सेयर शाखा प्रमुख रोशनजंग कार्कीले जानकारी दिए । माग भन्दा ३ गुणा आवेदन पर्ने उनको भनाई छ । अपरतामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित दोलखाका स्थानीयबासिन्दालाई साउन १६ गतेदेखि भदौ १६ गतेसम्मका लागि १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।आईपीओ भर्न धेरै बाँकी भएपछि कम्पनीले सयम बढाएर भदौ २१ गते पुर्याएको हो ।