
काठमाडौँ । हंसराज हुलासचन्द एन्ड कम्पनी प्राइभेट लिमिटेडले बजारमा पाँच मोडलका केटीएम मोटरसाइकल बिक्री गरिरहेको छ । मोटरसाइकलका पारखीहरुलाई लक्षित गरेर केटीएम बाइकले नयाँनयाँ मोडलमा विभिन्न परिवर्तन ल्याइरहेको कम्पनीले जानकारी दिएको छ । केटीएम बाइकको मूल्य ५ लाखदेखी ८ लाख २९ हजार रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ ।
२०० सिसिको डुक बाइकको मूल्य ४ लाख ९९ हजार ९०० रुपैयाँ छ । यस्तै २५० सिसिको डुक बाइकको मूल्य ५ लाख ८९ हजार ९००, ३९० सिसिको डुक बाइकको मूल्य ८ लाख २९ हजार ९००, २०० सिसिको आरसी बाइकको मूल्य ५ लाख ८४ हजार ९०० र ३९० सिसिको आरसी बाइकको मूल्य ८ लाख १९ हजार ९०० कम्पनीले तोकेको छ । केटीएम ड्युक वाइकको माइलेज न्युनतम २५ देखि अधिकतम ३५ किलोमिटर रहेको छ ।
बाइकको मार्केटिङ अफिसर अनमोल थापाले भने ‘ केटीएम बाइक युवाहरुको रोजाइमा परेको छ ।’ बाइकको पार्टपूर्जा सहज तरिकाले शुलभ मूल्यमा नेपालभरि उपलब्ध भएको समेत थापाले दाबि गरे । बाइकको चेसीस स्टीलको भएकोले बाइक हल्का भएको उनले बताए ।