मारुती सुजुकीले २ वर्षभित्र विद्युतीय कार ल्याउने, अर्को महिना परीक्षण हुदै

<p>एजेन्सी । भारतको मारुती सुजुकी लिमिटेडले आउदो २ वर्षमा विद्युतबाट चल्ने इलेक्ट्रिक कार ल्याउने भएको छ । मारुतीले आउदो सन् २०२० मा इलेक्ट्रिक कार सार्वजनिक गर्ने भएको छ । कम्पनीले कारको प्रोटोटाइप परीक्षा अर्को महिना गर्ने जानकारी दिएको छ । मारुतीले २०२० मा विद्युतीय कार सञ्चालमा ल्याउने पुष्टि गरेको फाइनान्सियल एक्सप्रेसले जनाएको छ । परीक्षणमा [&hellip;]</p>

एजेन्सी । भारतको मारुती सुजुकी लिमिटेडले आउदो २ वर्षमा विद्युतबाट चल्ने इलेक्ट्रिक कार ल्याउने भएको छ । मारुतीले आउदो सन् २०२० मा इलेक्ट्रिक कार सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले कारको प्रोटोटाइप परीक्षा अर्को महिना गर्ने जानकारी दिएको छ । मारुतीले २०२० मा विद्युतीय कार सञ्चालमा ल्याउने पुष्टि गरेको फाइनान्सियल एक्सप्रेसले जनाएको छ ।

परीक्षणमा ५० वटा कार हुनेछन् । इलेक्ट्रिक कार सुजुकी मोटर कर्पोरेशनको कारखाना नयाँदिल्लीस्थित गुरगाउँमा रहेको छ । सन् २०२० मा प्रतिस्पर्धी मूल्यमा विद्युतीय कार बिक्रीमा ल्याइने कम्पनीले खुलाएको छ ।

Share News