ओम ब्राण्डको सिमेन्ट गुणस्तरहिन, इन्टरनेशन उद्योगको इजाजत खारेज, उत्पादन बन्द

<p>&nbsp; काठमाडौ । नेपाल गुणस्तर तथा नापतौल विभागले इन्टरनेशनल सिमेन्ट प्रालिको इजाजतपत्र रद्द गरेको छ।विभागको शुक्रबार बसेको बैठकले इन्टरनेशनल सिमेन्ट प्रालि पर्साबाट उत्पादित ओपिसी गुणस्तरअनुरुप नरहेको भन्दै इजाजतपत्र रद्द गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभागले प्रदान गरेको गुणस्तरअनुसार उत्पादन नगरेको भेटिएमा इजाजतपत्र रद्द गर्दे आइरहेको जानकारी दिए। विभागले यसअघि पनि गुणस्तरअनुरुप उत्पादन नगर्ने [&hellip;]</p>

 

काठमाडौ । नेपाल गुणस्तर तथा नापतौल विभागले इन्टरनेशनल सिमेन्ट प्रालिको इजाजतपत्र रद्द गरेको छ।विभागको शुक्रबार बसेको बैठकले इन्टरनेशनल सिमेन्ट प्रालि पर्साबाट उत्पादित ओपिसी गुणस्तरअनुरुप नरहेको भन्दै इजाजतपत्र रद्द गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभागले प्रदान गरेको गुणस्तरअनुसार उत्पादन नगरेको भेटिएमा इजाजतपत्र रद्द गर्दे आइरहेको जानकारी दिए।

विभागले यसअघि पनि गुणस्तरअनुरुप उत्पादन नगर्ने सिमेन्ट तथा छड उद्योगलाई कारवाही गरिसकेको छ । इजाजतपत्र रद्द गरेसँगै उद्योग सञ्चालन गर्न पाइँदैन । रासस

Share News