भारतमा पेट्रोलियमको भाउ बढ्यो, नेपालमा के होला ?

<p>एजेन्सी । भारतमा शनिबारदेखि पेट्रोलियम पदार्थको भाउ बढेको छ । राजधानी दिल्लीमा पेट्रोलियमको भाउ ३९ पैसा बढेर प्रतिलिटर ८०.३८ भारु पुगेको छ । यो हालसम्मकै उच्च मूल्य वृद्धि भएको फाइनान्सियल एक्सप्रेसले जनाएको छ । वित्तीय केन्द्र मुम्बइमा पेट्रोलको भाउ बढेर ९० भारु नजिक पुगेको छ । मुम्बइमा प्रतिलिटर ८७.७७ भारु पुगेको छ ।यस्तै दिल्ली र [&hellip;]</p>

एजेन्सी । भारतमा शनिबारदेखि पेट्रोलियम पदार्थको भाउ बढेको छ । राजधानी दिल्लीमा पेट्रोलियमको भाउ ३९ पैसा बढेर प्रतिलिटर ८०.३८ भारु पुगेको छ । यो हालसम्मकै उच्च मूल्य वृद्धि भएको फाइनान्सियल एक्सप्रेसले जनाएको छ ।

वित्तीय केन्द्र मुम्बइमा पेट्रोलको भाउ बढेर ९० भारु नजिक पुगेको छ । मुम्बइमा प्रतिलिटर ८७.७७ भारु पुगेको छ ।यस्तै दिल्ली र मुम्बइमा डिजेलको भाउ बढेर ७६.९८ र ७२.५१ पुगेको छ ।

भारु कमजोर भएको र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेपछि यसको असर भारतीय बजारमा परेको हो । अगष्टयता पेट्रोलियमको भाउ पेट्रोलको प्रतिलिटर ३ र डिजेलको ३.५० भारु बढेको छ ।

पेट्रोलियमको भाउ बढेपछि भारतमा प्रमुख प्रतिपक्षले सोमबार देशव्यापी बन्दको आब्हान गरेको छ । उसले पेट्रोलियममा लगाइएको अन्तशुल्क हटाउन माग गरेको छ । केन्द्र सरकारले प्रतिलिटर १९.४८ भारु पेट्रोल र डिजेलमा १५.३३ भारु अन्तशुल्क लगाएको छ ।

नेपाल आयल निगम लिमिटेडले इण्डियल आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । भारतमा बढेपछि नेपालमा पनि पेट्रोलियमको भाउ बढ्ने जोखिम बढेको छ । नेपाल आयल निगमले प्रत्येक महिनाको १ र १५ गते मूल्य समायोजन गर्दै आएको छ ।

Share News