तीन पुस्ते सवारीः हजुर बुवादेखि नातिसम्म स्कुटर

<p>काठमाडौँ । रातोपुल निवासी दवालमान खड्कीको उमेर ८० बर्ष पुग्यो । खड्कीको परिवारमा छोरा/ बुहारी र नाती पुस्ता छन् । यी तीनै पुस्ता स्कुटरको पारखी भएकाले खड्कीको घरमा ७ वटा त स्कुटर मात्रै छन् । ८० वर्षिय दवालमान खड्की, ४९ वर्षिय छोरा राजेश्वर खड्की र २० वर्षिय नााति दिक्षान्त खड्की र १८ वर्षिय भतिज रोहन [&hellip;]</p>

काठमाडौँ । रातोपुल निवासी दवालमान खड्कीको उमेर ८० बर्ष पुग्यो । खड्कीको परिवारमा छोरा/ बुहारी र नाती पुस्ता छन् । यी तीनै पुस्ता स्कुटरको पारखी भएकाले खड्कीको घरमा ७ वटा त स्कुटर मात्रै छन् । ८० वर्षिय दवालमान खड्की, ४९ वर्षिय छोरा राजेश्वर खड्की र २० वर्षिय नााति दिक्षान्त खड्की र १८ वर्षिय भतिज रोहन खड्कीले स्कुटर प्रयोग गर्छन ।

बुढ्यौलीमा स्कुटरमा हुइँकिनुको आनन्द सुनाउँदै खड्कीले भने ‘स्कुटर भन्ने वित्तीकै महिलाले चढ्ने सवारीका रुपमा लिइन्थ्यो, अहिले यो छोरा, नाति र मेरो पनि रोजाईमा परेको छ ।’ केहि समय अघिसम्म एक जनालाई पछाडी राखेर स्कुटर चलाउने उनी यतिबेला भने उमेरका कारण आफु मात्रै गुड्छन् । स्कुटरमा गेयर नहुने, मोटरसाइकलभन्दा होचो हुने, बस्न सजिलो हुने र सुरक्षाका दृष्टिकोणले समेत स्कुटर उपयुक्त बन्दै गएको उनी बताउँछन् ।

एउटा यस्तो समय थियो स्कुटर भन्नेबित्तिकै केटीमात्र चढ्ने सवारी मानिन्थ्यो । सडकमा पनि फाट्टफुट्ट स्कुटरहरू कुदेका देखिन्थे । केटाहरू स्कुटर चढे्दा गिज्याउँने समय पनि थियो । तर, समय परिवर्तन भइसकेको छ । अब स्कुटर महिलाले मात्रै चढ्ने सवारी रहेन, यो सबैको साझा सवारीका रुपपमा स्थापीत भैसकेको छ । त्यति मात्रै होइन, तीनवटै पुस्ताको रोजाईमा पर्न थालेको छ । महिला पुरुष दुवैका लागि उपयुक्त, चलाउन सजिलो र समान राख्न मिल्ने हुँदा स्कुटरमा आकर्षण बढेको छ ।

दवालका छोरा राजेश्वर खड्की भन्छन, ‘चलाउन सजिलो, सुरक्षित पनि अनि साधारण किनमेलका समान राख्न ढिक्की पनि छ, मलाई त स्कुटर नै उत्तम लाग्छ ।’नाति पुस्ताका दिक्षान्त खड्कीले स्कुटर रोज्नुको कारण पनि छुट्टै छ । उनी भन्छन्–ट्राफिकले पनि स्कुटर चढ्ने केटालाई कम दुःख दिन्छन्, हेल्मेट हराउने समस्या पनि हुन्न, केहि समान राख्न पनि सजिलो हुन, त्यसैले म त बाइक भन्दा स्कुटर नै चढ्न रुचाउँछु ।’

पछिल्लो समय विवाहित जोडीहरूको संयुक्त रोजाइ बन्न थालेको छ स्कुटर । कतिपयले त विवाहपछि मोटरसाइकल बेचेरै स्कुटर किन्ने गरेका छन् । पति पत्नि दुबैका लागि उपयुक्त हुने भएकाले पनि त्यसो गरिएको हो । यतिबेला डिजाइन, पावर र कलरमा मोटरसाइकललाई चुनौती दिने स्कुटरहरू बजारमा भेटिन्छन् । युवाका लागि भनेर पावरफुल स्कुटर आइरहेका छन् । नेपालमा स्कुटरको बिक्री बढेपछि व्यवसायीहरू पनि नयाँनयाँ स्कुटर भित्र्याउने होडबाजीमा उत्रिएको देखिन्छ ।

अहिले एक दर्जनभन्दा बढी कम्पनीले स्कुटर बिक्री गर्छन् । यी कम्पनीका झन्डै तीन दर्जन मोडलहरू बजारमा उपलब्ध छन् । स्कुटरमा पनि पावर, स्टाइलिस, ग्राफिक्स कलर, उच्च माइलेज, मोबाइल चार्जिङ पोर्टलगायतका सुविधाहरू थपिँदै गएपछि बजार बढ्दै गएको छ ।
कलेजमा पढ्ने युवती होऊन् वा अफिसमा काम गर्ने महिला, उद्यम व्यवसाय गर्ने महिलादेखि गृहिणीसम्मले स्कुटर कुदाउँछन् ।
अहिले होन्डा, हिरो, टीभीएस, यामाहा, महिन्द्रा, सुजुकी, र स्कोमादी लागाएतका कम्पनीले स्कुटर बिक्री गरिरहेका छन् । केही भारत र चिनियाँ ब्रान्डका इलेक्ट्रिक स्कुटर पनि नेपाल भित्रिएका छन् ।

Share News