शतप्रतिशत हकप्रदपछि स्वदेशी लघुवित्तको सेयर मूल्य समायोजन

<p>काठमाडौं । स्वदेशी लघुवित्तको वित्तीय संस्था लिमिटेडको १०० प्रतिशत हकप्रद पछिको सेयरमा मूल्य समायोजन भएको छ । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ८०१.५० रुपैयाँ तोकिएको छ । जसको औसत आधार मूल्य ५०३.२५ रुपैयाँ रहेको छ । संस्थाले सेयरधनीहरुलाई १ बराबर १ को अनुपातमा हकप्रद निष्काशन गर्दै छ । सो प्रयोजनको लागि भदौ २५ गते(अर्थात [&hellip;]</p>

काठमाडौं । स्वदेशी लघुवित्तको वित्तीय संस्था लिमिटेडको १०० प्रतिशत हकप्रद पछिको सेयरमा मूल्य समायोजन भएको छ । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ८०१.५० रुपैयाँ तोकिएको छ । जसको औसत आधार मूल्य ५०३.२५ रुपैयाँ रहेको छ ।

संस्थाले सेयरधनीहरुलाई १ बराबर १ को अनुपातमा हकप्रद निष्काशन गर्दै छ । सो प्रयोजनको लागि भदौ २५ गते(अर्थात आज) संस्थाको बुक क्लोज भएको छ ।

हाल संस्थाको चुक्ता पुँजी ११ करोड ५० लाख रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद पछि लघुवित्तको चुक्ता पुँजी २३ करोड रुपैयाँ पुग्ने छ ।

Share News