मूख्य मन्त्रीको प्रश्नः चरेशको थालमा मार्सी चामलको भात खाने प्रदेशका जनता कसरी गरिब ?

<p>काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चरेशको थालमा मार्सी चामलको भात खाने जनता गरिब हुनै नसक्ने बताएका छन् । राजधानीमा पत्रकार सम्मेलन गर्दै मूख्यमन्त्री शाहीले भने, मार्सी धानको चामलको भात खाने मानिसहरु कसरी गरिब हुनसक्छ ? चरेसको थालमा भात खाने मानिस कसरी गरिब हुन्छ ? संसारमा नभएका प्राकृतिक जडिबुटी कर्णालीमा पाईन्छ, कर्णाली धनीहरुको प्रदेश [&hellip;]</p>

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चरेशको थालमा मार्सी चामलको भात खाने जनता गरिब हुनै नसक्ने बताएका छन् । राजधानीमा पत्रकार सम्मेलन गर्दै मूख्यमन्त्री शाहीले भने, मार्सी धानको चामलको भात खाने मानिसहरु कसरी गरिब हुनसक्छ ? चरेसको थालमा भात खाने मानिस कसरी गरिब हुन्छ ? संसारमा नभएका प्राकृतिक जडिबुटी कर्णालीमा पाईन्छ, कर्णाली धनीहरुको प्रदेश हो ।’
कर्णाली प्रदेशको परिचय बदल्नको लागि केही समय लाग्ने बताउँदै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सम्पूर्ण रुपमा धनी प्रदेश भएको दाबी गरे । उनले भने,‘कर्णाली प्रदेश स्वर्ग हो । प्राकृतिक, भौगोलिक, साँस्कृतिक र उत्पादन यी सबै रुपमा कर्णाली प्रदेश अब्बल छ । केही विकास, स्वास्थ्य र शिक्षाको अभाव छ । तर बाहिर भनेजस्तै कर्णाली प्रदेश गरिब छैन्, धनी छ ।’

विगतमा कर्णालीको दयनीय तस्बिर बेचेर डलर कमाउनेहरुको कब्जामा कर्णाली रहे पनि अब त्यसबाट मुक्त भैसकेको जनाउँदै उनले भने,‘अब कर्णाली प्रदेशलाई आत्मनिर्भर बनाउन हामीले योजनाहरु अघि सारेका छौं । यो प्रदेशमा वार्षिक रुपमा ५ सय क्विन्टल चामलको खाँचो हुदोरहेछ, अब त्यो अभावलाई पूर्ति गर्नको लागि प्रदेशमै उत्पादन बढाउनुपर्छ भनेका छौं ।’ मूख्य मन्त्री शाहीले प्रधानमन्त्री केपी ओलीसँग प्रदेश सरकारहरुको कुनै द्धन्द्ध नरहेको पनि स्पष्ट पारे ।

Share News