गरिमा विकास बैंकले १३ प्रतिशत लाभांश दिने, १० प्रतिशत बाेनस सेयरले मूल्य बढायाे

<p>काठमाडौं । गरिमा विकास बैंकले लगानीकर्तालाई १३.७५ प्रतिशत लाभांश  दिने भएको छ । बैंकको सोमबार बसेको २१८ औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट १० प्रतिशत बोनस सेयर र ३.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृती र वार्षिक साधारणसभाबाट पारित भएपछि लाभांश वितरण गर्ने बैंकले जानकारी दिएको [&hellip;]</p>

काठमाडौं । गरिमा विकास बैंकले लगानीकर्तालाई १३.७५ प्रतिशत लाभांश  दिने भएको छ । बैंकको सोमबार बसेको २१८ औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट १० प्रतिशत बोनस सेयर र ३.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृती र वार्षिक साधारणसभाबाट पारित भएपछि लाभांश वितरण गर्ने बैंकले जानकारी दिएको छ ।

बैंकले बाेनस सेयर दिने घाेषणा गरेपछि सेयर मूल्य बढेकाे छ । साेमबार प्रतिकित्ता १९१ रूपैयाँमा काराेबार भएकाे यस बैंककाे सेयर मंगलबार १९५ मा उक्लिएकाे छ ।

Share News