काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दुई कम्पनीको ५ लाख ८५ हजार ४० कित्ता बोनस सेयर सूचिकृत भएको छ । नेप्सेले एकैदिन राधी विद्युत कम्पनी र कालिका लघुवित्त वित्तीय संस्थाको गरी सो मात्राको सेयर सूचिकृत गरेको हो ।
सो मध्ये राधी विद्युत कम्पनीको ४ लाख १० हजार ४० कित्ता सेयर थपिएको छ भने कालिका लघुवित्तको बाँकी १ लाख ७५ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ ।