
काठमाडौं । एनआईसी एसिया बैंकको ऋणपत्र बुधबारसम्म मात्र खुला हुने भएको छ । माग भन्दा बढी आवेदन परेपछि बैंकले आज बुधबारसम्म मात्र खुला गरेको जानकारी दिएको छ ।
बैंकले वार्षिक ११ प्रतिशत ब्याज दिने गरी भदौ २१ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १ हजार रुपैयाँ दरका ३६ करोड ६० लाख रुपैयाँ बराबरको ३ लाख ६६ हजार कित्तिा ऋणपत्र निष्कासन गरेको थियो ।
निष्कासन बन्द छिटोमा बुधबारसम्म तोकिएको छ । बैंकले धितोपत्र बोर्डबाट १ अर्ब ८३ करोड रुपैयाँ बराबरको १८ लाख ३० हजार कित्ता ऋणपत्र निष्कासन गर्न स्वीकृति पाएको छ ।
ऋणपत्र निष्कासन बन्द छिटोमा भदौ २५ र ढिलोमा असोज १९ गतेसम्म तोकिएको थियो । निष्कासन तथा बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
न्युनतम २५ देखि अधिकतम १ लाख ८३ हजार कित्तासम्म आवेदन दिने पाइने छ ।७ वर्ष अवधिको यस ऋणपत्रमा बार्षिक ब्याज दर ११ प्रतिशत तोकिएको छ भने अर्धवार्षिक रुपमा व्याज भुक्तानी गरिने बैंकले जनाएको छ ।