
काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको संस्थापक हकप्रद सेयर लिलामी हुने भएको छ । फाइनान्सको ४ लाख ५६ हजार ३०८ कित्ता हकप्रद सेयर लिलामी हुन लागेको हो ।
लिलामीका बोलपत्र पेश गर्न सुरु मिति असोज ४ गतेदेखि १२ गतेसम्म रहेको छ । न्युनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्ने निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।