२० प्रतिशत बजार ओगट्ने लक्ष्य छ-प्रविण खतिवडा

<p>टाटा मोटर्सका प्यासेन्जर सेगमेन्ट नेपाली बजारमा कहिलेदेखि आएको हो ? टाटा मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले सन् २००० देखि नै नेपाली बजारमा ल्याएका हौं । बजारमा ठूलो परिवर्तन आएको भने सन २०१० बाट हो । त्यतिबेला केहि नयाँ प्रडक्ट ल्याएका थियौं जसले बजारमा तरंग ल्याएको थियो । ठूलो फड्को भने होराइजन नेक्स्टको प्रडक्टका [&hellip;]</p>

टाटा मोटर्सका प्यासेन्जर सेगमेन्ट नेपाली बजारमा कहिलेदेखि आएको हो ?
टाटा मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले सन् २००० देखि नै नेपाली बजारमा ल्याएका हौं । बजारमा ठूलो परिवर्तन आएको भने सन २०१० बाट हो । त्यतिबेला केहि नयाँ प्रडक्ट ल्याएका थियौं जसले बजारमा तरंग ल्याएको थियो । ठूलो फड्को भने होराइजन नेक्स्टको प्रडक्टका रुपमा जेष्ट, बोल्ट, टियागो र नेक्सनसम्म आईपुग्दा देखिएको हो ।

प्रविण खतिवडा, जनरल मेनेजर, सिप्रदी ट्रेडिङ प्रा.लि. (पिभिबियु युनिट)

अब पुरानो इण्डिकाको युगको अन्त्य भैसकेको छ । अब नयाँ युगको आरम्भ भैसकेको छ । कस्टुमरहरुले परिवर्तन महशुस गरिसकेका छन् । सन २०१२ देखि भने हामीले आक्रामक रुपमा बजार बिस्तार गरिरहेका छौं ।

प्यासेञ्जर सेगमेन्टमा कति प्रकारका गाडी छन् ?
हामीले कारमा ४ वटा र जिपमा ४ वटा प्रडक्ट बेचिरहेका छौं । कारमा टियागो, टिगोर, जेष्ट, बोल्ट छन् । जीपमा सुमो, स्टर्म, हेक्जा र नेक्सन गरि चार वटा प्रडक्ट बजारमा छन् ।

टाटाले प्यासेञ्जर सेगमेन्टमा बजारको कति हिस्सा ओगटेको छ ?
कमर्सियल भेइकलमा हामी एक नम्बरमै छौं । प्यासेञ्जर सेगमेन्टमा चाँही हामी टप ३ ब्राण्ड भित्र पर्छाै । सन २०२० सम्ममा नेपालको कुल बजारको २० प्रतिशत हिस्सा ओगट्ने लक्ष्य लिएका छौं । अहिले हामीले कुल बजारको १६ प्रतिशत बजार ओगट्न सफल भैसकेका छौं ।
अहिले बजारमा धेरै माग भएको ह्याच सेगमेन्ट हो । त्यसमा हामीले टियागो दिएका छौं । रुचाईएको अर्काे सेगमेन्ट भनेको कम्प्याक्ट सियुभी हो, त्यसमा हामीले जिप जस्तै नेक्सन ल्याएका छौं ।

बजार नेटवर्कको व्यवस्थापन कसरी गरिरहनु भएको छ ? बिक्रीपछिको सेवाको नेटवर्क र सुबिधा कस्तो छ ?
हाम्रो २० वटा शोरुम देशभर फैलिएका छन् । सर्भिका लागि २५ वटा नेटवर्क छ । धनगढीदेखि मुस्ताङसम्म हाम्रो सर्भिस नेटवर्क छ । टाटाको स्ट्रेन्थ भनेकै सर्भिस नेटवर्क हो । हाम्रो सर्भिस सबै भन्दा सस्तो छ । भारतबाट आउने गाडीहरुले सर्भिसमा धेरै मूल्य लिनै सक्दैनन् । हामीले त एक दिन स्पेयरको अभावमा गाडी एक दिन पनि खाली बस्नु पर्दैन् । शोरुममा भन्दा पनि वर्कसपमा लगानी गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । बाटोमा गाडी बिग्रदा नजिकको वर्कसपले हेर्नु पर्छ भन्ने मान्यताका साथ काम गरिरहेका छौं ।

बजारमा अरु कम्पनीका प्यासेञ्जर भेईकल भन्दा के कारणले टाटाका गाडी फरक छन् ?
टाटाका गाडी किन्नुस, जिरो अफ रोडमा बस्नुस भन्ने हाम्रो आव्हान हो । तराईदेखि हिमालको मुस्ताङसम्म सर्भिस नेटवर्क बनाएका छौं । स्पेयर नपाउने समस्या छैन् । नेपालभरी जहाँ सुकै गाडी गुडाउन सकिन्छ, बिग्रिएमा तुरुन्तै मर्मत गर्न सकिन्छ । सर्भिसमा धेरै ध्यान दिएका छौं । विश्वस्तरिय गाडी र शोरुमको स्थापना गरिसकेका छौं ।

टेस्ट ड्राइभका लागि गाडी घर लिएर जानुस, मन परेपछि किन्नुस् भनिरहेका छौं । सर्भिस र स्पेयर्समा हामीले कस्टुमरलाई ढुक्क हुने वातावरण बनाईसकेका छौं ।

प्रतिष्पर्धामा मूल्यले ठूलो महत्व राख्छ, टाटाको मूल्य श्रृंखला कस्तो छ ?
टाटाले भोल्युममा विश्वास गर्छ । धेरै मूल्य राखेर गाडी बजारमा टिक्न सकिन्न । केहि कम्पनी बर्षमा २५÷३० वटा गाडी बेचेर पनि बसिरहेका छन् । हामीले त गत वर्ष नै १९ सय वटा गाडी बेचेका थियौं प्यासेन्जर सेगमेन्टमा । मूल्यमा प्रतिष्पर्धी हुन सकिएन भने बजारबाट हराइन्छ नै । न्युनतम २२ लाखदेखि ९२ लाखसम्मका प्यासेञ्जर भेइकल बेचिरहेका छौं ।

उपभोक्तालाई अतिरिक्त सुबिधा के के छन् ?
हामीले मुक्तिनाथ विकास बैंकसँग सहकार्य गरेर सुमोमा २ सय जनालाई रोजगारी दिने भनेका छौं । एक सय जनालाई रोजगारी दिईसक्यौं । कतार र मलेसियाबाट आउनु भएका थप एक सय जनाले ड्राइभिङ सिकिरहेका छन् । यसमा हामीले १०.५ प्रतिशत ब्याजदरमा ऋण दिलाएका छौं । नेक्सनका लागि स्ट्याण्र्ड चाटर्ड बैंकसँग सहकार्य गरेका छौं ।

बैंकको डाउनपेमेन्ट र नयाँ करका दरहरुले बजारमा कस्तो प्रभाव पारेको छ ?
३५ प्रतिशत डाउनपेमेन्ट नगरी गाडी किन्न सकिन्न । बैंकले पनि धेरै छानेर मात्रै ऋण दिईरहेका छन् । यो नीतिले पनि गाडीहरुको बजारमा प्रभाव पारेको छ । नयाँ करका दरहरुका कारण सुमोको मूल्य मात्रै ८ लाखले वृद्धि भएको छ । भन्सार, अन्त शुल्क, सिसीमा कर लगाइएको छ । हामीले त पुरानो दरमा नयाँ गाडी दिने प्रयास गरिरहेका छौं ।

बैंकको नीति र नयाँ बजेटका कर नीतिले गाडीको बजारमा प्रभावित बनाएको छ । नयाँ कर नीतिले ५० हजार देखि १० लाखसम्म गाडीका मूल्य वृद्धि भएको छ । नयाँ करको दर आउनु भन्दा अघि नै धेरै गाडी नेपाल भित्रिसकेका थिए । ती गाडी सकिएपछि नेपालको गाडीको बजारमा धेरै समस्यामा पर्छ । हिजो ३० लाखमा पाउने सुमो आज ४० लाख हाराहारीमा पुगेका छ, अब सुमो चलाएर पेट पाल्ने अवस्था रहन्न । हामीले अर्काे एक बर्षमात्रै सुमो ल्याउँछौं, त्यसपछि सुमोको आयात बन्द हुन्छ । सरकारले सुमोको हत्या नै गर्यो ।

नाडा अटो शोमा कस्ता नयाँ प्रडक्ट आउँछन र अफर के आउँदैछ ?
नाडा अटो शो र दशैं अफर करिब उस्तै हुन्छन् । नाडामा गाडी किन्ने र दशैँमा नयाँ गाडी किनिहाल्छन भन्ने छैन् । नाडामा बुक गरिएको गाडी बैंकको प्रक्रिया पुर्याउँदा दशैसम्म पुग्छ नै । टिगोरको विद्युतिय कार सार्वजनिक गर्दैछौं । भारतमै पनि सरकारलाई मात्रै उपलब्ध गराईएको यो गाडी नेपालमा हामीले कस्टुमरलाई देखाउने र नेपालको बाटोमा गुडाएर परिक्षण पनि गर्छाै । उकालो, ओरालोमा कति गुड्छ भनेर हेर्ने हो । भारतमा सार्वजनिक बिक्रीका लागि खुल्ला गरिएपछि मात्रै नेपालमा ल्याउँछौं । नेक्सनको क्रेज भन्ने नयाँ प्रडक्ट आउँदैछ । अटोमेटिक ट्रान्समिसन(एएमटी)मा पनि नयाँ प्रडक्ट ल्याउँदैछौं ।

विद्युतिय सवारी साधन प्रतिको मोह बढेको देखिन्छ, यसलाई पूर्वाधारले सहयोग गर्छ ?
चीनले २०२० र भारतले २०२५ सम्मको लक्ष्य निर्धारण गरेर विद्युतिय सवारी साधनको प्रवद्र्धन लक्ष्य राखेका छन् । चीन र भारतमा विद्युतिय गाडी मात्रै चलाउने हो भने नेपालले पनि विद्युतियमा जानुको विकल्प छैन् । यिनै २ वटा देशमा बनेको गाडीले नै हाम्रो ८० प्रतिशत बजार ओगटेको छ । जब हामीले नै विद्युतिय गाडी मात्रै बेच्ने दिन आयो भने त आफैंले चार्जिङ स्टेशन बनाउनुपर्ने हुन्छ । सुपर चार्जर निर्माण गरेर ३० मिनेट देखि ४५ मिनेटमा चार्ज गरिसक्ने गरि स्टेशनहरुको निर्माण गरिनुपर्छ ।

Share News