काठमाडौं। नाडा अटो शाे २०१८ मंगलबारबाट सुरु भएको छ। ६ दिनसम्म चल्ने अटो शोमा १९ ब्राण्डका चार पाङ्ग्रे तथा २० ब्राण्डका दुई पाङ्ग्रे सवारी साधनहरु राखिएका छन्। आयातकर्ता डिलर, उत्पादक तथा विक्रेता गरी यस बर्ष ७१ कम्पनीको सहभागिताका साथै सानाठूला गरी १३४ वटा ब्लक तथा स्टलहरु रहका छन्।
अटो शोमा सवारी साधनका साथै नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसोसेरिजहरु राखिएका छन्। प्रदर्शनीस्थलमा जानका लागि विद्यार्थीलाई १५० रुपैयाँ र बाँकीका लागि २०० रुपैयाँ प्रवेश टिकट मूल्य रहेको छ।





