दशैंमा मोटरसाइकल किन्दै हुनुहुन्छ ? यस्ता छन् कम्पनीहरुको योजना, ५ हजारदेखि १ लाखसम्म छुट

<p>काठमाडौं । मोटरसाइकल नेपालमा सबैभन्दा लोकप्रिय सवारीसाधन हाे । कुल ३२ लाख सवारीसाधन मध्ये  मोटसाइकलको  संख्या मात्रै२५ लाख ३२ हजार पुगिसकेको छ । भृकुटीमण्डप मंगलबारबाट सुरु भएको नाडा–अटो शाेमा पनि मोटरसाइकल कम्पनीहरुले मेला र दशैंलाई लक्षित गरी आक्रामक योजनाहरु ल्याएका छन् । धेरै जसो कम्पनीहरुले मेला र दशैलाई एउटैै योजना लागू गरको बताएका छन् । [&hellip;]</p>

काठमाडौं । मोटरसाइकल नेपालमा सबैभन्दा लोकप्रिय सवारीसाधन हाे । कुल ३२ लाख सवारीसाधन मध्ये  मोटसाइकलको  संख्या मात्रै२५ लाख ३२ हजार पुगिसकेको छ । भृकुटीमण्डप मंगलबारबाट सुरु भएको नाडा–अटो शाेमा पनि मोटरसाइकल कम्पनीहरुले मेला र दशैंलाई लक्षित गरी आक्रामक योजनाहरु ल्याएका छन् । धेरै जसो कम्पनीहरुले मेला र दशैलाई एउटैै योजना लागू गरको बताएका छन् । योजनामा कम्पनीहरुले न्युनतम् ४ हजारदेखि १ लाख रूपैयाँसम्मको नगद छुटको व्यवस्था गरेका छन् ।

नेपालमा हाल बजाज, हिरो, होण्डा, टिभिएस, रोयल इन्फिल्ड, यामाहा, सुजुकी, बनेली, एस डब्लु जेड लगायत कम्पनीहरुले मोटरसाइकलहरु बिक्री गरिरहेका छन् । यसबीचमा केहि नयाँ कम्पनीहरुका्े पनि नेपाली बजारमा आगमन भएको छ ।

यस्ता छन् कम्पनीहरुको योजनाहरु

बजाज

बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘बजाज पकेट फुल’ नामक ग्राहक योजना ल्याएको छ । कम्पनीले दशैं–तिहारको अवसरमा ग्राहकहरुको पाकेट भर्नको लागि उक्त योजना ल्याएको हो ।

यो योजनामा बजाजको कुनै पनि मोटरसाईकल खरिद गर्दा एउटा स्क्र्याच कार्ड पाइने छ । जसको एउटा भागमा स्क्र्याच गर्ने ठाउँ हुनेछ भने अर्को भागमा पाकेट फुल साप्ताहिक लक्की ड्र कुपन रहनेछ । स्क्र्याच कुपनबाट तत्कालै ग्राहकले ६ हजारदेखि १ लाख रुपैयाँसम्मको नगद छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।

योजना अवधिभर साप्ताहिक पाकेटफुल लक्की ड्र कुपन मध्येबाट हरेक हप्ता लक्की ड्र गरि एकजना भाग्यशाली विजेताको घोषणा गरिनेछ । जसले पाकेटफुल कार्यक्रममा गई पाकेटफुल गर्ने मौका पाउने छन् ।

साप्ताहिक पाकेट फुल कार्यक्रममा विजेताले तोकिएको समय भित्र बढीभन्दा बढी पैसारुपी कुपनहरु समातेर आफ्नो पाकेटहरु फुल गर्नुपर्नेछ, सोही कुपन बराबरको रकम विजेतालाई प्रदान गरिनेछ ।

टीभीएस

जगदम्बा अटो ग्रुपले आफ्नो मोटरसाइकलहरु बिक्री गर्न दशैं र तिहार विषेश योजना ल्याएको छ । टीभीएस मोटरसाइकल किन्ने प्रत्येक व्यक्तिले सुरुमै ७ हजार रुपैंया छुट हुनेछ । यसैगरी लक्की ड्र मार्फत १० जनाले १० हजार र १ जनाले १ लाख रूपैयाँसम्म नगद जित्न सक्नेछन् ।

केटीएम

केटिएम ड्युकले आफ्नो ६ वटा उत्पादनहरुमा छुटको योजना ल्याएको छ । मेलामा मोटरसाइकल किन्ने वा बुकिङ गर्नेले ५ हजार छुटको व्यवस्था गरेको छ । दशैं योजनापछि सार्वजनिक गर्ने कम्पनीले तयारी गरेको छ ।

होन्डा

होन्डा मोटरसाइकल कम्पनीले हाल स्कुटर र मोटरसाइकल गरेर २८ प्रकारका सवारी बिक्री गर्दै आएको छ । यस कम्पनीले कुपन मार्फत ४ हजारदेखि १ लाख रूपैयाँसम्म नगद छुटको व्यवस्था गरको छ । यसैगरी सर्भिसिङ र अन्य पार्टस पुर्जामा विषेश छुटको योजना ल्याएको छ ।

हिरो

हिरो मोटरसाइकलले हाल नेपालमा स्कुटर र मोटरसाइकल गरि २१ वटा उत्पादनलाई नेपाली बजारमा बिक्री गरिरहेको छ । कम्पनीले मेला र दशैं योजनाका लागि विशेष कुपनको व्यवस्था गरेको छ । जसअनसार मोटरसाइकलमा ६ हजारदेखि १ लाख रूपैयाँसम्म र स्कुटरमा ८ हजारदेखि १ लाख रूपैयाँसम्म छुटको योजना रहेको कम्पनीकी सेल्स म्यानेजर लता मानन्धरले जानकारी दिइन् ।

रोयल इन्फिल्ड

७ प्रकारको उत्पादन रहेको रोयल इन्फिल्ड कम्पनीले पनि दशैं योजना अफर ल्याएको छ । कम्पनीको उपहार योजना अन्तर्गत मोटरसाइकल खरिद गर्ने व्यक्तिले हेल्मेट र लेगगार्ड निशुल्क प्राप्त गर्नेछ । यसैगरी २ जनाले त्रिशुली र्याफ्टिङको टिकट प्राप्त गर्नेछन् ।

एस डब्लु एम

भर्खरै मात्र नेपाली बजारमा आएको एस डब्लु एम मोटरसाइकलले आफ्नो उत्पादनहरुमा ५० देखी ८० हजारसम्मको विभिन्न सामाग्रीहरु निशुल्क प्रदान गर्नेछ ।

Share News