राम बहादुर बम्जनलाई बलात्कारको आरोप, न्याय खोज्दै रौतहटकी किशोरी राजधानीमा

<p>काठमाडौं । तपस्वी राम बहादुर बम्जनलाई बलत्कारको आरोप लागेको छ । सर्लाहीको पत्थरकोट जंगलमा आश्रम बनाएर बसिरहेका बम्जनलाई रौतहटकी एक किशोरीलाई बलत्कार गरेको आरोप लागेको हो । बलत्कृत किशोरी न्याय खोज्दै राजधानी आईपुगेकी छिन् । उनले बम्जनको आश्रममा बस्ने अन्य चेलीहरुको अस्मिता नलुटियोस भनेर आफु न्यायको ढोका ढकढक्याउन काठमाडौं आएको बताइन् । शनिबार राजधानीमा पत्रकार [&hellip;]</p>

काठमाडौं । तपस्वी राम बहादुर बम्जनलाई बलत्कारको आरोप लागेको छ । सर्लाहीको पत्थरकोट जंगलमा आश्रम बनाएर बसिरहेका बम्जनलाई रौतहटकी एक किशोरीलाई बलत्कार गरेको आरोप लागेको हो ।

बलत्कृत किशोरी न्याय खोज्दै राजधानी आईपुगेकी छिन् । उनले बम्जनको आश्रममा बस्ने अन्य चेलीहरुको अस्मिता नलुटियोस भनेर आफु न्यायको ढोका ढकढक्याउन काठमाडौं आएको बताइन् ।

शनिबार राजधानीमा पत्रकार सम्मेलन गरेर किशोरीले न्याय माग्दै गर्दा बम्जनका समर्थकहरुले अवरोधको प्रयास गरेका थिए । पिडित किशोरीले आफु २०७१ साउन देखि २०७५ असार २२ गतेसम्म आश्रममा बसेको र त्यस क्रममा बम्जनबाटै आफुलाई यौन दुर्व्यवहार भएको बताइन।

महिला अधिकारकर्मीको रोहबरमा पिडितलाई प्रहरीको जिम्मा लगाईएको छ । रामबहादुर बम्जन विरुद्ध प्रहरी अपराध महाशाखा ललितपुरमा बलात्कारको मुद्दा दायर गर्ने तयारी भइरहेको छ ।

Share News