बजारप्रति लगानीकर्ताको विश्वास बढ्दै, सेयर बेच्नेभन्दा किन्नेको भीड

<p>काठमाडौं । लगानीकर्ताको विश्वास बढ्दै गएपछि विस्तारै सेयर बजार पनि उकालो लागेको छ । बैंकको ब्याजदर घट्न थालेको र लाभांशको लोभले गर्दा सेयर बजार बढेको हो । सेयर बजारमा देखिएको सुधारसंगै कारोबार रकममा पनि वृद्धि भएको छ । यता बैंकहरुले सेयर कर्जाका लागि योजना ल्याउन थालेका छन् । निरन्तर घटिरहेको बजार दुई साताअघिदेखि उकालो लागेपछि [&hellip;]</p>

काठमाडौं । लगानीकर्ताको विश्वास बढ्दै गएपछि विस्तारै सेयर बजार पनि उकालो लागेको छ । बैंकको ब्याजदर घट्न थालेको र लाभांशको लोभले गर्दा सेयर बजार बढेको हो । सेयर बजारमा देखिएको सुधारसंगै कारोबार रकममा पनि वृद्धि भएको छ । यता बैंकहरुले सेयर कर्जाका लागि योजना ल्याउन थालेका छन् ।

निरन्तर घटिरहेको बजार दुई साताअघिदेखि उकालो लागेपछि लगानीकर्ताहरु सेयर बजारप्रति आकर्षित भएका हुन् । हाल बजारमा सेयर बेच्नेको भन्दा किन्नेको भीड लागेको ब्रोकरहरुको भनाई छ । केही दिनयता बेच्ने भन्दा किन्नेको चाप बढेको ती ब्रोकरको भनाई छ । सेयर मूल्य सस्तो भएकाले लगानीकर्ताले किन्न थालेपछि बजार बढेको ती ब्रोकरको भनाई छ । बाणिज्य बैंकहरुको सेयर मूल्य सस्तो भएको र लाभांश पाउने लोभले गर्दा लगानीकर्ताहरु सेयर किन्नमा झुम्मिएका छन् ।

आइतबार मात्रै १६६ कम्पनीको ९१ करोड ५२ लाख ९२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा सेयर कारोबार लगायत परिसूचकमा पनि सुधार हुँदै गएको छ । आइतबारको सेयर बजार ११ अंकले उकालो लागेर १२५६.५३ अंकमा पुगेको छ ।

सो मध्ये सबैभन्दा बढी एनएमबी बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन ७ करोड १४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ भने सेयर मूल्य प्रतिकित्ता ३५९ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल बैंकको पनि ४ करोड रुपैयाँ बराबराको सेयर किनबेच भएको छ । नेपाल बैंकको थप निष्कासन (एफपीओ) को कारोबार हुने तयारीमा छ ।

आइतबार कारोबारमा आएका सबै समूहको सूचक हरिया भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूहको सूचक ४८ अंकले उकालो लागेको छ । त्यस्तै, उत्पादमूलक २६, निर्जीवन बीमा र विकास बैंक २० र बैंकिङ समूह १३ अंकले बढेका छन् भने बाँकी समूह सामान्य अंकले उकालो लागेका छन् ।

Share News