ग्लोबल आइएमई बैंकका ग्राहकलाई न्यूरो हस्पिटलकाे उपचारमा १५ प्रतिशत छुट

<p>काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड र विराटनगरकाे न्यूरो कार्डियो एण्ड मल्टीस्पेशियालिटी हस्पिटलबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुई पक्षीय सम्झौता गरेको हो । उक्त सम्झौता पत्रमा न्यूरो कार्डियो एण्ड मल्टी स्पेशियालिटी हस्पिटलका सञ्चालन निर्देशक [&hellip;]</p>

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड र विराटनगरकाे न्यूरो कार्डियो एण्ड मल्टीस्पेशियालिटी हस्पिटलबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुई पक्षीय सम्झौता गरेको हो ।

उक्त सम्झौता पत्रमा न्यूरो कार्डियो एण्ड मल्टी स्पेशियालिटी हस्पिटलका सञ्चालन निर्देशक राजेश भट्टराई र ग्लोबल आइएमई बैंक विराटनगरको शाखा प्रबन्धक  शशि शेखर शर्माले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता पश्चात न्यूरो कार्डियो एण्ड मल्टी स्पेशियालिटी हस्पिटलका, विराटनगरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट ,प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक, ग्लोबल आइएमई बैंकका कर्मचारी तथा ग्राहकका परिवारजनले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशत सम्म छुट पाउने छन् ।

Share News