उपसचिव र सह-सचिवको विज्ञापन खुल्दै, असाेजकाे दोस्रो साता संख्या लोक सेवामा पठाउने तयारी

<p>काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले उपसचिव र सहसचिव पदको विज्ञापन खोल्ने तयारी गरेको छ । लोकसेवा आयोगको नखुल्ने हल्लाबीच मन्त्रालयले विज्ञापनको संख्या पठाउने तयारी गरेको हो । मन्त्रालयले हाल देशभर रित्त उपसचिव र सहसचिवको तथ्याङक संकलन गरिरहेको छ । सबैतिरबाट तथ्यांङक आइसकेपछि असोज दोस्रो सातासम्म लोकसेवालाई बुझाउने तयारी भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए । [&hellip;]</p>

काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले उपसचिव र सहसचिव पदको विज्ञापन खोल्ने तयारी गरेको छ । लोकसेवा आयोगको नखुल्ने हल्लाबीच मन्त्रालयले विज्ञापनको संख्या पठाउने तयारी गरेको हो ।

मन्त्रालयले हाल देशभर रित्त उपसचिव र सहसचिवको तथ्याङक संकलन गरिरहेको छ । सबैतिरबाट तथ्यांङक आइसकेपछि असोज दोस्रो सातासम्म लोकसेवालाई बुझाउने तयारी भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए ।

ूबाहिर हल्ला आएजस्तो मन्त्रालयले विज्ञापन रोक्ने कुनै निर्णय भएको छैन, हाल मन्त्रालयको जनशक्ति विकास केन्द्रले तथ्याङक संकलनको काम गरिरहेको छ, प्रवक्ता अधिकारीले विकासन्युजसँग भने ।ू

लोक सेवाको एउटा विज्ञापन एक तहमा खुलेपछि सबैमा खुल्ने आयोगका सहायक सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताए । लोक सेवाले आफ्नो कार्यतालिका सार्वजनिक गरिसकेको छ । सोहि अनुसार पदपुर्ति गर्न आयोग तयार छ, सुवेदीले भने हल्लाले विज्ञापन रोकिने होइन ।
गत वर्ष आयोगले खुल्ला र आन्तरिक प्रतिस्पर्धाबाट ७८ जना सहसचिवको विज्ञापन खुलाएको थियो । यसैगरी उपसचिवतर्फ २१५ जनाको विज्ञापन गरको थियो ।

ऐन नबन्दा केन्द्रबाटै विज्ञापन खोलिने

चालू आर्थिक वर्षमा प्रदेश सेवा आयोगबाट खोलिने बताइए पनि ऐन नबन्दा केन्द्रबाटै खोल्नेछ । सहप्रवक्ता सुवेदीका अनुसार प्रदेश सेवा आयोग भौतिक तथा कानूनी तवरले तयार नभएसम्म केन्द्रबाटै विज्ञापन खोलिनेछ । नेपालको संविधानको भाग २३ धारा २४२ देखि २४४ सम्म प्रदेश लोक सेवा अयोगको बारेमा उल्लेख गरिएको छ ।

यसमध्ये धारा २४४ मा प्रत्येक प्रदेशमा एक प्रदेश सेवा आयोग रहने उल्लेख गरिएको छ । सोही धाराको उपधारा २ मा प्रयोजनका लागि संघिय संसदले कानून बनाई मापदण्ड लागू गर्न सक्नेछ भनिएको छ ।

निजामती सेवाको पदमा कर्मचारी नियुक्तिका लागि परिक्षा सञ्चालन गर्नु लोक सेवा आयोगको कर्तव्य हो । संविधानको धारा २४३ मा निजामती सेवाको पद बाहेक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अन्य संघिय सरकारी सेवा र संगठित संस्थाको पदको लिखित परिक्षा लोकसेवा आयोगले सञ्चालन गर्नेछ भनी उल्लेख गरिएको छ ।

Share News