काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले बैंकिङ कारोबार शुरु गरेकोे १८ वर्ष पुरा गरी १९आैँ बर्षमा प्रवेश गर्न लागेको उपलक्ष्यमा असाेज महिना भरी आफ्नो सम्पूर्ण शाखाहरुमा ‘माछापुच्छ्रे महोत्सव’ सञ्चालन गरिरहेको छ । १८औं वार्षिकोत्सवको उपलक्ष्यमा माछापुच्छ्रे बैंकका सम्पुर्ण शाखाले ग्राहकलाई भिन्न किसिमको बैंकिङ अनुभुती गराउने बताएको छ ।
साथै, यस महोत्सवलाई मध्यनजर गर्दै ग्राहकहरुलाई निःशुल्क डेबिट कार्ड/इन्स्टयान्ट कार्ड, निःशुल्क डिम्याट खाता, वार्षिक लकर शुल्क र माछापुच्छ्रे मोबाइलमनी जारी शुल्कमा ५० प्रतिशत छुट, माछापुच्छ्रे क्रेडिट कार्डमा ५० प्रतिशत छुट र रिटेल कर्जा सेवा शुल्कमा ०.१८ प्रतिशत छुट लगायत विभिन्न सरप्राइज गिफ्टहरु पनि प्रदान गर्ने बैंकले बताएको छ ।
बैंकले उक्त महोत्सव आश्विन महिना भरी जारी रहने बताएको छ । बैंकले सर्वसाधारणहरुलाई बैंकको नजिकको शाखामा गई महोत्सवमा सहभागी हुन तथा विशेष सुविधाहरुको लाभ लिन आव्हान गरेको छ ।
बैंकले हाल ८६ वटा शाखा कार्यालय, २ वटा एक्स्टेन्सन काउण्टर, २८ वटा शाखा रहित सेवा लगायत ९९ वटा एटीएमबाट सेवा दिइरहेको छ ।