९०० मेगावाटको अरुण तेस्रो आयोजना बनाउन १० मेगावाट बिजुली चाहिने

<p>काठमाडौं । ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना बनाउ १० मेगावाट बिजुली चाहिने भएको छ । बिजुली आपूर्तिका लागि प्रवद्र्धक एसजेवीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडले ४६ किलोमिटर लामो ३३ केभी क्षमताको डवल सर्किट प्रसारणलाइन निर्माण गर्न लागेको छ । संखुवासभाको धर्मदेवी नगरपालिकादेखि मकालु गाउँपालिकासम्म प्रसारणलाइन बनाउन लागेको हो । प्रसारणलाइनको काम सुरु [&hellip;]</p>

काठमाडौं । ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना बनाउ १० मेगावाट बिजुली चाहिने भएको छ । बिजुली आपूर्तिका लागि प्रवद्र्धक एसजेवीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडले ४६ किलोमिटर लामो ३३ केभी क्षमताको डवल सर्किट प्रसारणलाइन निर्माण गर्न लागेको छ ।

संखुवासभाको धर्मदेवी नगरपालिकादेखि मकालु गाउँपालिकासम्म प्रसारणलाइन बनाउन लागेको हो । प्रसारणलाइनको काम सुरु गर्न कम्पनीले वातावरणीय प्रभाव मूल्याँकनको काम सुरु गरेको छ । वातावरणको काम सएिपछि कम्पनीले प्रसारणलाइन बनाउने छ ।
आयोजना संखुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बग्ने अरुण नदीमा पर्छ । बाँध नुम र पाथिभरा तथा विद्युत्गृह दिर्दिङ गाविसमा पर्छ । बाँधबाट विद्युत्गृहसम्म ११ किलोमिटर लामो सुरुङ खन्नु पर्नेछ ।

आयोजना निर्माण गर्न १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लगानी मध्ये १ खर्ब ४ अर्ब विद्युत उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारणलाइन बनाउन लगानी हुने छ । एसजेविएनले स्वपुँजी वापत २५ अर्ब रुपैयाँ लगानी गर्नेछ , आयोजना आउँदो सन् २०२२ को सेप्टेम्वरमा सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ ।

Share News