काठमाडौं । पूर्ण अनलाइन सेयर कारोबार आउदो २ महिनापछि मात्र सञ्चालनमा आउने भएको छ । यसअघि दशैअघि नै सञ्चालनमा ल्याउने तयारी भएकोमा प्राविधिक काम अझै बाँकी रहेपछि २ महिनापछि धकेलिएको हो ।
आउदो कात्तिकभित्र पूर्ण अनलाइन सेयर कारोबार सञ्चालनमा आउने नेपाल स्टक एक्सचेन्ज लिनिटेड (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले बताए ।
मंगलबारदेखि अनलाइन प्रणाली ल्याउनका लागि ननलाइभ ट्रेडिङ सुरु हुने जानकारी दिदै उनले भने “यसलाई थप सुधार गरी २ महिनाभित्र पूर्ण रुपमा सेयरको अनलाइन कारोबार हुने छ । यसपछि घरमा बसेर सेयर खरिदबिक्री गर्न सकिने छ ।” अनलाइन कारोबार आउदैन भन्ने हल्ला सकिएको बताउदै उनले कसैले रोक्न नसक्ने जानकारी दिए ।
नेपाली कम्पनी वाईको नेपाल प्राइभेट लिमिटेडले सोमबार एक कार्यक्रमका दशैअघि कार्यान्वयनमा नआउने बताएको छ । कम्पनीले दोश्रो चरणको नमुना परीक्षणको काम ४ देखि ६ हप्तामा सकेपछि मात्रै पुर्ण कार्यान्वयन हुने बताएको छ । उक्त प्रणाली लागु भएपछि लगानीकर्ता आफैले लगईन गरेर सेयर अर्डर गर्न सक्नेछन् । तर लगानीकर्ताले कम्प्युटरबाट मात्रै अर्डर गर्न सक्ने कम्पनीले जनाएको छ ।