जनता अवकाश कोषले १ प्रतिशतका दरले नाफा वितरण गर्ने

<p>काठमाडौं । जनता बैंकले सञ्चालनमा ल्याएको जनता अवकाश कोषले वचत मौज्दातको १ प्रतिशतका दरले नाफा वितरण गर्ने भएको छ । कोषको आइतबार बसेको सञ्चालक समितिले नाफा वितरणको निर्णय गरेको हो । समितिले गत आर्थिक वर्ष २०७४/०७५ को वासलात, नाफा–नोक्सान हिसाव, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरु स्वीकृत गरेको छ [&hellip;]</p>

काठमाडौं । जनता बैंकले सञ्चालनमा ल्याएको जनता अवकाश कोषले वचत मौज्दातको १ प्रतिशतका दरले नाफा वितरण गर्ने भएको छ ।
कोषको आइतबार बसेको सञ्चालक समितिले नाफा वितरणको निर्णय गरेको हो ।

समितिले गत आर्थिक वर्ष २०७४/०७५ को वासलात, नाफा–नोक्सान हिसाव, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।आयकर ऐन, २०५८ बमोजिम आन्तरिक राजश्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोषको रुपमा स्वीकृती प्राप्त गरी बि.सं. २०६० सालमा सिद्धार्थ अवकाश कोषको नाममा स्थापना भई सेवा प्रदान गर्दै आइरहेकोमा गत असार १ गतेबाट कोषको नाम परिर्वतन भई जनता अवकाश कोषको नाममा संचालनमा रहेको छ । कोषले हाल ४५० वटा संगठित संस्थाका १२ हजारभन्दा बढी सहभागीलाई सेवा प्रदान गर्दै आएको छ ।

कोषले संचालन गरेका अवकाश योजनामा बार्षिक ८.५ प्रतिशतका दरले ब्याज प्रदान गर्नुका साथै संचित रकमको ९० प्रतिशत सापटी लिन सक्ने व्यवस्था रहेको छ । कोषले सहभागीहरुलाई सुत्केरी स्यहार खर्च १० हजार र काजक्रिया खर्च १० हजार रुपैयाँ व्यवस्था गरेको छ ।

Share News