इन्धनकाे भाउ बढ्यो, पेट्रोल प्रतिलिटर ११४ र डिजेल १०१ रुपैयाँ

<p>काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । असोज १ गते राती १२ बजेदेखी लागू हुने गरि निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा मूल्यमा  थप गरी समायोजन गरेको छ। हवाई ईन्धन र एलपी ग्याँसको मूल्य यथावत राखिएको निगमका प्रवत्ता वीरेन्द्र गोइतले बताए । उनका अनुसार पेट्रोल प्रतिलिटर २, डिजेल र [&hellip;]</p>

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । असोज १ गते राती १२ बजेदेखी लागू हुने गरि निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा मूल्यमा  थप गरी समायोजन गरेको छ।

हवाई ईन्धन र एलपी ग्याँसको मूल्य यथावत राखिएको निगमका प्रवत्ता वीरेन्द्र गोइतले बताए । उनका अनुसार पेट्रोल प्रतिलिटर २, डिजेल र मट्टितेल ३ रुपैयाँ बढेको छ । भाउ बढेपछि पेट्रोल प्रतिलिटर ११४, डिजेल र मट्टितेल १०१ रुपैयाँ पुगेको गोइतले जानकारी दिए ।

मूल्य बढाए पनि पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ९२¸ डिजेलमा२ रुपैयाँ ७२ र ग्याँसमा प्रतिसिलिण्डर ३०९ रुपैयाँ ७९ पैसा घाटा हुने उनले बताए । समग्रमामूल्य बढेपनि निगमलाई १५ दिनमा करीब ३१ करोड ६७ लाख रुपैयाँ घाटा हुने गोइतको भनाई छ।

पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको तथा डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमुल्यन भएको छ । इण्डियन आयल कर्पोरेशनबाट १६ सेम्टेम्बरमा प्राप्त मूल्य बढेर आएकोले यसकाे विश्लेषण गरी समायोजन गरिएको गोइतको भनाई छ ।

मूल्य समायोजन पश्चात भारतको रक्सौल भन्दा नेपालको वीरगंज तर्फको सीमामा पेट्रोलमा प्रतिलिटर २९ रुपैयाँ ४४ र डिजेल २८ रुपैयाँ ४४ पैसाले नेपाल तर्फ नै सस्तो कायम हुन पुगेको छ । यसले गर्दा खुला सीमाका कारण नेपालबाट भारतमा चोरी पैठारी हुने संभावना छ ।

Share News