काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले सेयरधनीलाई ४ करोड २१ लाख ५ हजार ६०० रुपैयाँ नगद लाभांश दिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट कर सहित सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव असोज १ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।
हाल संस्थाको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । नगद लाभांशको घोषणा गरेसँगै मंगलबार संस्थाको सेयर मूल्यमा गिरावट आएको छ । संस्थाले बाेनस सेयर नदिने भएपछि लगानीकर्ताहरुमा निरासा छाएकाे सेयर मूल्यबाटै बुझ्न सकिन्छ ।