काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले ३० प्रतिशत आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । बोर्डको अनुमति पाएसँगै कम्पनीले सर्वसाधारणको लागि ९ लाख ९० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्ने छ ।
कम्पनीले सो मात्राको सेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ मार्फत ९ हजार ९०० कित्ता आईपीओ निष्कासन गर्ने छ ।