एसिड आक्रमणका घाइतेलाई सम्पर्क मञ्चको सहयोग

<p>काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकाका एसिड पीडित बालिकाहरुलाई नेकपा(एमाले) रौतहट काठमाडौं सम्पर्क मञ्चले सहयोग गरेको छ । मञ्चले बालिकाका बुवालाई अस्पतालमै पुगेर नगद १०१५० रुपैंयँँ आर्थिक सहयोग गरेको हो । सहयोग हस्तान्तरण गर्न मञ्चका अध्यक्ष मीन गौतम, उपाध्यक्ष सचित कुइँकेल, सचिव रामानन्द चौधरी लगायत किर्तिपुरस्थित अस्पताल पुगेका थिए । मञ्चले घाईतेहरुको उपचारमा सहयोग गर्न र [&hellip;]</p>

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकाका एसिड पीडित बालिकाहरुलाई नेकपा(एमाले) रौतहट काठमाडौं सम्पर्क मञ्चले सहयोग गरेको छ । मञ्चले बालिकाका बुवालाई अस्पतालमै पुगेर नगद १०१५० रुपैंयँँ आर्थिक सहयोग गरेको हो ।

सहयोग हस्तान्तरण गर्न मञ्चका अध्यक्ष मीन गौतम, उपाध्यक्ष सचित कुइँकेल, सचिव रामानन्द चौधरी लगायत किर्तिपुरस्थित अस्पताल पुगेका थिए । मञ्चले घाईतेहरुको उपचारमा सहयोग गर्न र दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेको छ ।

भदौ २६ गते रौतहटको चन्द्रपुर ६ मा मध्यरात १२ बजे १८ बर्षिय सम्झना कुमारी दास र १५ बर्षिय सुस्मिता कुमारी दासमाथी एसिड आक्रमण भएको थियो ।

Share News