लुम्बिनी विकास बैंकको अध्यक्षमा चिन्तामणि भट्टराई, आजै शपथ ग्रहण

<p>काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा चिन्तामणि भट्टराई नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष चिन्तामणि भट्टराईले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी समक्ष बिहीबार(आज) पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उक्त अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल, लुम्बिनी विकास बैंकका सञ्चालक [&hellip;]</p>

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा चिन्तामणि भट्टराई नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष चिन्तामणि भट्टराईले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी समक्ष बिहीबार(आज) पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

उक्त अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल, लुम्बिनी विकास बैंकका सञ्चालक प्रविण कृष्ण श्रेष्ठ, सञ्चालक प्रतापकुमार आचार्य, प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा, नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी तथा कम्पनी सचिव प्रजन प्रधानको उपस्थिति रहेको थियो ।

Share News