
एजेन्सी । आउदो ४ वर्षमा भारतको अर्थतन्त्रको आकार बढेर ५० खर्ब डलर अर्थात (५ ट्रिलियन) पुग्ने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले अर्थतन्त्रको आकार दोब्बर बढेर आगामी सन् २०२२ मा ५० खर्ब डलर पुग्ने बताएका हुन् ।
अर्थतन्त्रमा उत्पादनमुलक र कृषि क्षेत्रको योगदान १० खर्ब डलर पुग्ने उनले बताएका छन् । इण्डिया इन्टरनेशनल कन्भेन्सन एन्ड एक्सपो सेन्टरको शिलन्यास समारोहलाई बिहीबार सम्बोधन गर्दै अर्थतन्त्रको आकार बढ्ने जानकारी दिएका हुन् ।
यसैसाता डिना बैंक, विजय बैंक र बैंक अफ बरौडा मर्जर हुने जानकारी दिए । ३ वटा बैंक मर्जर भएपछि भारतको तेस्रो ठुलो बैंक बन्ने उनले सुनाए । उनले यो वर्ष भारतको अर्थतन्त्र ८ प्रतिशतले वृद्धि हुने जानकारी दिए । सूचना प्रविधि तथा रिटेल क्षेत्रले ठुलो संख्यामा रोजगारी सिर्जना गर्ने पनि उनले जानकारी दिए ।
भारतको आधारभूत वृहत आर्थिक परिदृष्य मजवुत भएको उनको भनाई छ । मेक इन इण्डियाले मोवाइल फोन आयात ८० प्रतिशत घटेको उनले बताए । यसबाट थप ३ लाख करोड भारु बराबरको विदेशी मुद्रा बाहिर जानबाट रोकिएको उनले दावी गरे ।