८ अंकले बढेको बजारमा नाडेप लघुवित्तका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

<p>काठमाडौं । साताको पहिलो दिन ओरालो लागेको बजार दोश्रो दिन करिब ८ अंकले बढेको छ । सोमबारको नेप्से परिसूचक ७.९९ अंकले बढेर १२२२.३५ अंकमा पुगेको छ । सो दिनको बजार कारोबार खुलेदेखि नै उकालो लाग्ने क्रममा रहेको थियो । बजारमा १६३ कम्पनीको ३७ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन [&hellip;]</p>

काठमाडौं । साताको पहिलो दिन ओरालो लागेको बजार दोश्रो दिन करिब ८ अंकले बढेको छ । सोमबारको नेप्से परिसूचक ७.९९ अंकले बढेर १२२२.३५ अंकमा पुगेको छ । सो दिनको बजार कारोबार खुलेदेखि नै उकालो लाग्ने क्रममा रहेको थियो ।

बजारमा १६३ कम्पनीको ३७ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १४ लाख ५१ हजार ५७२ कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी माछापुच्छ्रे बैंकको ९ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, एनआईसी एशिया, एनसीसी, हिमालयन डिष्टिलरी र मेगा बैंकको एक करोड भन्दा बढी सेयर कारोबार भएको छ ।

एकल अंकले बढेको बजारमा सबैभन्दा बढी नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । सोमबार उक्त संस्थाका सेयरधनीले ९.९६ प्रतिशत कमाएका छन् ।

सोमबार होटल समूहको सूचक ४८ अंकले बढेको छ । सो दिन जलविद्युत समूहको सूचक ३ अंकले घटेको छ भने कारोबारमा आएका बाँकी समूह सामान्य अंकले उकालो लागेका छन् ।

Share News