काठमाडौं । बिहीबार मात्रै कालिका पावर कम्पनीको आईपीओ र मिर्मिरे लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ ।
नेप्से कालिका पावरको ६० लाख कित्ता आइपीओ थपिएको छ । त्यस्तै, मिर्मिरे लघुवित्तको ४ लाख ५० हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।
अब यी दुई कम्पनीको उक्त सेयरको कारोबार आगामी ७ दिनपछि नेप्सेमा खुल्ला हुने छ ।