सेयर बजार १४ अंकले उकालो, निर्जीवन बीमा समूह ८७ अंक माथि

<p>काठमाडौं । आइतबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । दिनभर केही उतारचढाव आएको बजार कारोबार बन्द हुँदा १४.१५ अंकले उकालो लागेर १२४२ अंकमा पुगको छ । सो दिन कुल १५८ कम्पनीको २६ करोड ९९ लाख कित्ता सेयर किनबेच भएको छ । सो मध्ये एनएमबी बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बैंकको [&hellip;]</p>

काठमाडौं । आइतबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । दिनभर केही उतारचढाव आएको बजार कारोबार बन्द हुँदा १४.१५ अंकले उकालो लागेर १२४२ अंकमा पुगको छ ।

सो दिन कुल १५८ कम्पनीको २६ करोड ९९ लाख कित्ता सेयर किनबेच भएको छ । सो मध्ये एनएमबी बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बैंकको एकै दिन २ करोड ४५ लाख कित्ता सेयर किनबेच भएको छ, जसको सेयर मूल्य प्रतिकित्ता ३६२ रुपैयाँ रहेको छ । त्यस्तै, मेगा बैंक र जनता बैंक नेपालको पनि २ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

आइतबार निर्जीवन बीमा समूहको सूचक ८७ अंकले बढेको छ । उत्पादनमूलक ९५ र हाइड्रोपावर १.३१ अंकले ओरालो लागेको छ । त्यस्तै, अन्य बाँकी समूहको सूचक सामान्य अंकले बढेको छ ।

बजारमा सबैभन्दा बढी एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १ को मूल्य ५.९८ प्रतिशतले बढेको छ । उता यूनिलिभर नेपालको सेयर मूल्य प्रतिकित्ता ७.२९ प्रतिशतले घटेको छ ।

Share News