किसान माइक्रोफाइनान्सले ५० प्रतिशत हकप्रद जारी गर्न पायो बोर्डको अनुमति

<p>काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सेयरधनीको लागि ५० प्रतिशत हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । बोर्डको अनुमति अनुसार संस्थाले अंकित मूल्य १०० रुपैयाँको दरले २ लाख ४० हजार २५० कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हालै धितोपत्र बोर्डमा निवेदन दिए अनुसार २ करोड ४० लाख रुपैयाँ बराबरको [&hellip;]</p>

काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सेयरधनीको लागि ५० प्रतिशत हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । बोर्डको अनुमति अनुसार संस्थाले अंकित मूल्य १०० रुपैयाँको दरले २ लाख ४० हजार २५० कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले हालै धितोपत्र बोर्डमा निवेदन दिए अनुसार २ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्ने अनुमति पाएको हो । बोर्डको अनुमति पाए पश्चात संस्थाले सिभिल क्यापिटल मार्केट लिमिटेड मार्फत सो मात्राको हकप्रद निष्कासन गर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी ४ करोड ५० लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ६ करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १६८५ रुपैयाँ रहेको छ ।

Share News