काठमाडौं । मंगलबारको सेयर बजार सामान्य अंकले ओरालो लागेको छ । कारोबार शुरु हुँदा उकालो लागेको बजार बन्द हुँदा ३.४८ अंकले घटेर १२४१ अंकमा पुगेको छ ।
सामान्य अंकले घटेको बजारमा युनाईटेड फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । एकैदिन यस कम्पनीका सेयरधनीले ९.८२ प्रतिशत कमाएका छन् । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७९ रुपैयाँ रहेको छ । त्यस्तै, अरुण काबेली पावरका सेयरधनीले ५.१७ प्रतिशत कमाएका छन् ।
दिनभरको बजारमा कुल १५५ कम्पनीको कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी प्रभु बैंकको सेयर किनबेच भएको छ । बैंकको एकैदिन ३ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । समग्रमा कुल ८ लाख ४२ हजार कित्ता सेयर १९ करोड ८७ लाख रुपैयाँमा कारोबार भएको छ ।
बजारमा उत्पादनमूलक र फाइनान्स समूह क्रमशः ३१ र ४ अंकले उकालो लागेका छन् । होटल समूह स्थिर रहेको छ भने बाँकी समूह ओरालो लागेका छन् ।