किसान माइक्रोफाइनान्सको कात्तिक १३ गते बुक क्लोज, हकप्रद सेयर जारी गर्दै

<p>काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको आगामी कात्तिक १३ गते बुक क्लोज हुँदै छ । संस्थाले सेयरधनीलाई हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनको लागि उक्त दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । संस्थाले आफ्ना सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै छ । संस्थाले अंकित मूल्य १०० रुपैयाँको दरले २ लाख ४० हजार २५० कित्ता [&hellip;]</p>

काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको आगामी कात्तिक १३ गते बुक क्लोज हुँदै छ । संस्थाले सेयरधनीलाई हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनको लागि उक्त दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो ।

संस्थाले आफ्ना सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै छ । संस्थाले अंकित मूल्य १०० रुपैयाँको दरले २ लाख ४० हजार २५० कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले हालै धितोपत्र बोर्डमा निवेदन दिए अनुसार २ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्ने अनुमति पाएको हो ।संस्थाले सिभिल क्यापिटल मार्केट लिमिटेड मार्फत सो मात्राको हकप्रद निष्कासन गर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी ४ करोड ५० लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ६ करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १६६६ रुपैयाँ रहेको छ ।

Share News