काठमाडौं । बुधबार विभिन्न ३ कम्पनीको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सुचिकृत भएको छ । सो दिन दुई कम्पनीको बोनस र एक कम्पनीको हकप्रद गरी कुल ५० लाख २ हजार ३६० कित्ता सेयर नेप्सेमा थपिएको हो ।
सो मध्ये सूर्या लाईफ इन्स्योरेन्स र पोखरा फाइनान्सको बोनस सेयर सूचिकृत भएका छन् भने प्रभु इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ । सूर्या लाईफ इन्स्योरेन्सको १२ लाख १२ हजार ७५० कित्ता र पोखरा फाइनान्सको ६ लाख २२ हजार ९३३ कित्ता बोनस सेयर थपिएका छन् ।
त्यस्तै, प्रभु इन्स्योरेन्स कम्पनीको ३१ लाख ६६ हजार ६७७ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।