नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि, सबैभन्दा बढी प्रभु बैंकको सेयर किनबेच

<p>काठमाडौं । बुधबारको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ । कारोबार शुरु हुँदा ओरालो लागेको नेप्से अन्तत बजार बन्द हुँदा ७.४५ अंकले बढेर १२४९ अंकमा पुगेको छ । सामान्य सुधार आएको बजारमा कुल १५२ कम्पनीको २३ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार [&hellip;]</p>

काठमाडौं । बुधबारको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ । कारोबार शुरु हुँदा ओरालो लागेको नेप्से अन्तत बजार बन्द हुँदा ७.४५ अंकले बढेर १२४९ अंकमा पुगेको छ ।

सामान्य सुधार आएको बजारमा कुल १५२ कम्पनीको २३ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४ करोड रुपैयाँ बढी हो । बुधबार सबैभन्दा बढी प्रभु बैंकको सेयर किनबेच भएको छ । बैंकको एकैदिन ३ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५३ रुपैयाँ रहेको छ । त्यस्तै, एनआईसी एशिया, कुमारी र सिद्धार्थ बैंकको एक करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

बजारमा कारोबारमा आएका सबैसूचक हरिया भएका छन् । सबैभन्दा बढी होटल समूहको सूचक ७० अंकले उकालो लागेको छ । निर्जीवन बीमा ६१, जीवन बीमा ४० र उत्पादनमूलक समूह २० अंकले बढेका छन् । त्यस्तै, अन्य बाँकी समूह सामान्य अंकले उकालो लागेका छन् ।

बुधबार पञ्चकन्या माई हाइड्रोपावर, ओरियन्टल होटल, यूनाईटेड मोदी हाइड्रोपावर, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था र समता माईक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ५ प्रतिशतले बढेको छ ।

Share News