दुई कम्पनीको ४७ लाख कित्ता सेयर सूचिकृत, सबैभन्दा बढी बोनस सेयर

<p>काठमाडौं । शुक्रबार विभिन्न दुई कम्पनीको कुल ४७ हजार ९ हजार ३२६ कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएका छन् । एकैदिन सुमिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र गण्डकी विकास बैंकको बोनस र हकप्रद सेयर गरी सो मात्राको सेयर सूचिकृत भएको हो । सो मध्ये सबैभन्दा बढी बोनस सेयर सूचिकृत भएका छन् । दुई कम्पनीको गरी [&hellip;]</p>

काठमाडौं । शुक्रबार विभिन्न दुई कम्पनीको कुल ४७ हजार ९ हजार ३२६ कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएका छन् । एकैदिन सुमिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र गण्डकी विकास बैंकको बोनस र हकप्रद सेयर गरी सो मात्राको सेयर सूचिकृत भएको हो ।

सो मध्ये सबैभन्दा बढी बोनस सेयर सूचिकृत भएका छन् । दुई कम्पनीको गरी ४७ लाख ९२२ कित्ता बोनस र ८ हजार ४४० कित्ता हकप्रद सेयर सूचिकृत भएका हुन् ।

सुमिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको २ लाख ५० हजार कित्ता बोनस र ८ हजार ४४० कित्ता हकप्रद सेयर नेप्सेमा थपिएका छन् । त्यस्तै, गण्डकी विकास बैंकको ४४ लाख ५० हजार ९२२ कित्ता बोनस सेयर सूचिकृत भएका छन् ।

Share News