काठमाडौं । सुमीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको एकैदिन बोनस र हकप्रद सेयर सूचिकृत भएको छ । आइतबार फाइनान्सको बोनस र हकप्रद गरी कुल २ लाख ५८ हजार ४४० कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा थपिएको हो ।
सो मध्ये सबैभन्दा बढी बोनस सेयर थपिएको छ । कम्पनीको २ लाख ५० हजार कित्ता बोनस र ८ हजार ४४० कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ ।