काठमाडौं । पभ्रु बैंक लिमिटेडले चन्द्रागिरी नगरपालिका स्थित थानकोटमा नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बागमती डिलर्स एशोसिएसनका अध्यक्ष अच्युतबहादुर खडकाले गरेका छन् ।
थानकोटमा रहेको नेपाल आयल निगमको डिपोलाई मध्येनजर गरी बैंकले थानकोट शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
कार्यक्रममा प्रमुख अतिथि बागमती पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष खडकाले पेट्रोलियम पदार्थको कारोबार गर्ने डिलर्सहरुले आयल निगमलाई दिनुपर्ने रकम प्रभु बैंकको थानकोट शाखामा रहेको नेपाल आयल निगमको खातामा प्रभु बैंकको जुनसुकै शाखा कायालयबाट निशुल्क रुपमा जम्मा गर्न सक्नेछन् । यसका साथै, पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरुलाई कारोबारमा सजिलो हुने बैंकले बताएको छ ।
सोमबारदेखि सञ्चालनमा आएको बैंकको थानकोट शाखा कार्यालयबाट बागमती अञ्चल भरीका पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरु, अन्य सर्वसाधारणहरु र उद्यमी व्यवसायीहरुले प्रभु बैंकको बैंकिङ्ग सेवा लिन सक्नेछन् ।
बैंकको थानकोट शाखा कार्यालयबाट स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरु, उद्यमी व्यवसायहरु लगायतले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।