५० प्रतिशत हकप्रदपछि किसान माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन

<p>काठमाडौं । मंगलबार किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले संस्थाको ५० प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १११६.६७ रुपैयाँ रहेको छ । जसको आधारमूल्य प्रतिकित्ता १५१८.५६ रुपैयाँ रहेको थियो । मूल्य समायोजनपछि खुलेको मंगलबारको सेयर कारोबारमा कम्पनीको सेयर [&hellip;]</p>

काठमाडौं । मंगलबार किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले संस्थाको ५० प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन गरेको हो ।

समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १११६.६७ रुपैयाँ रहेको छ । जसको आधारमूल्य प्रतिकित्ता १५१८.५६ रुपैयाँ रहेको थियो ।

मूल्य समायोजनपछि खुलेको मंगलबारको सेयर कारोबारमा कम्पनीको सेयर मूल्य बढेको छ । प्रतिकित्ता १११७ रुपैयाँमा खुलेको संस्थाको सेयर मूल्य करिब एक घण्टामै बढेर प्रतिकित्ता ११३९ रुपैयाँ पुगेको छ ।

Share News