बजार बढ्यो, प्रभु बैंक र लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड बढीको सेयर कारोबार

<p>काठमाडौं । मंगलबारको सेयर बजार ७.४३ अंकले बढेर १२२४.३६ अंकमा पुगेको छ । सोमबार दोहोरो अंकले घटेको बजार मंगलबार भने ०.६१ प्रतिशतले बढेको छ । बजारमा दुई कम्पनीको एक करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । मंगलबार प्रभु बैंकको एक करोड ८० लाख र लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड ७१ लाख रुपैयाँ बराबरको सेयर [&hellip;]</p>

काठमाडौं । मंगलबारको सेयर बजार ७.४३ अंकले बढेर १२२४.३६ अंकमा पुगेको छ । सोमबार दोहोरो अंकले घटेको बजार मंगलबार भने ०.६१ प्रतिशतले बढेको छ ।

बजारमा दुई कम्पनीको एक करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । मंगलबार प्रभु बैंकको एक करोड ८० लाख र लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । समग्रमा मंगलबारको बजारमा १६३ कम्पनीको २२ करोड १८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.८९ प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य ७० रुपैयाँले बढेर प्रतिकित्ता ७७८ रुपैयाँ पुगेको छ ।

बजारमा होटल, हाइड्रो र माइक्रोफाइनान्स समूहको सूचक ओरालो लागेका छन् भने बाँकी समूह उकालो लागेका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको सूचक २२ अंकले उकालो लागेको छ ।

Share News