विचार गर्नुस् है, सहारा विकास बैंकको अक्सनमा ठगिएला नि !

<p>काठमाडौं । सहारा विकास बैंकले जेठ ६ गतेदेखि असार २४ गतेसम्म निष्काशन गरेको हकप्रदमा बिक्री नभएका करिब साढे १० लाख कित्ता सेयर मंसिर अाइतबारदेखि गोप्य सिलबन्दी बोलपत्रमार्फत् बिक्री गर्दैछ । बैंकको ९ लाख २८ हजार ४ सय ४८ कित्ता साधारण सेयर र १ लाख १६ हजार ७ कित्ता संस्थापक सेयर गरी कुल १० लाख ४४ [&hellip;]</p>

काठमाडौं । सहारा विकास बैंकले जेठ ६ गतेदेखि असार २४ गतेसम्म निष्काशन गरेको हकप्रदमा बिक्री नभएका करिब साढे १० लाख कित्ता सेयर मंसिर अाइतबारदेखि गोप्य सिलबन्दी बोलपत्रमार्फत् बिक्री गर्दैछ । बैंकको ९ लाख २८ हजार ४ सय ४८ कित्ता साधारण सेयर र १ लाख १६ हजार ७ कित्ता संस्थापक सेयर गरी कुल १० लाख ४४ हजार २ सय ५६ कित्ता सेयर बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलमार्फत् बिक्री गर्न लागेको हो ।

सहारा विकास बैंकको सेयर २०७४ साल जेठ २५ गते अन्तिम पटक दोस्रो बजारमा ४६० रुपैंयामा कारोबार भएको थियो । बैंकले देवः विकास बैंकसँग एक्विजिसनका लागि गरेको प्रारम्भिक सम्झौताले अझै पनि पूर्णता प्राप्त गरेको छैन । त्यसैले बैंकको शेयर अहिले पनि बजारमा कारोबार हुन सकेको छैन ।

सर्लाहीको मलंगवा मुख्य कार्यालय भएको एकजिल्ले विकास बैंकको रुपमा रहेको सो बैंकको कार्यसम्पादन अन्य बैंकहरुको दाँजोमा औसत मात्र छ । गत आर्थिक वर्षको अन्तिम त्रैमासमा १७ रुपैंया प्रतिशेयर आम्दानी गरेको रिपोर्ट सार्वजनिक गरेको उक्त बैंकको कार्यसम्पादनलाई अन्य विकास बैंकहरुसँग दाँज्ने हो भने हालको अवस्थामा बैंकको शेयर मूल्य २०० रुपैंया भन्दा कम हुने देखिन्छ ।

अक्सन बजारबाट शेयर किन्नेहरुले विवेकसम्मत निर्णय नपुर्याउदा ठगिएको उदाहरण प्रशस्तै छन् । यस्तै अवस्था रहेको तात्कालिन मेगा बैंकको शेयरमा पनि देखिएको थियो । केही लगानीकर्ताले अन्तिम मूल्यकै आधारमा शेयर बोलकबोल गर्दा ठगिएका थिए । ४०० रुपैंया भन्दा बढी अन्तिम मूल्य भएको उक्त बैंकको शेयर निरन्तर घट्दै १७० रुपैंयाको हाराहारीमा आइपुगेको थियो ।

त्यस्तै बैंक अफ काठमाडौंको संस्थापक शेयर लिलामीमा केही लगानीकर्ताले साधारण शेयरको अन्तिम मूल्यलाई आधार बनाएर बोलकबोल गरेका थिए । लगानीमा विवेक नपुर्याए यो लिलामीमा पनि लगानीकर्ताले मूल्य ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्छ ।

Share News