अपर तामाकोशी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

<p>काठमाडाैं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले तेस्रो चरणमा सर्वसाधारण शेयरधनीका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को सोमबार अन्तिम दिन हुने भएको छ । शेयर निष्कासन भएको तेस्रो दिनसम्ममा नै निष्कासन गरिएको कुल शेयर संख्याभन्दा बढी शेयरका लागि सर्वसाधारणको आवेदन परेपछि चौथो दिनमा नै उक्त शेयर निष्कासन बन्द हुने भएको हो । उक्त शेयरका लागि [&hellip;]</p>

काठमाडाैं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले तेस्रो चरणमा सर्वसाधारण शेयरधनीका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को सोमबार अन्तिम दिन हुने भएको छ । शेयर निष्कासन भएको तेस्रो दिनसम्ममा नै निष्कासन गरिएको कुल शेयर संख्याभन्दा बढी शेयरका लागि सर्वसाधारणको आवेदन परेपछि चौथो दिनमा नै उक्त शेयर निष्कासन बन्द हुने भएको हो । उक्त शेयरका लागि आइतबार कार्यालय समयसम्म २ लाख ६ हजार आवेदकमार्फत् करिब ४ अर्ब रुपैंयाको शेयरका लागि माग आवेदन भएको थियो ।

हाइड्रोपावरले तेस्रो चरणका लागि १ अर्ब ५८ करोड बराबरका १ करोड ५८ लाख कित्ता शेयर खुला गरेको छ । यसअघि स्थानीयवासी र सञ्चय कोषका सञ्चयकर्तालाई उक्त शेयर वितरण गरिसकिएको छ ।

Share News