सेयर बजार १३ अंकले बढ्यो, उन्नति माइक्रो फाइनान्सका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

<p>काठमाडौं । तिहार पछि लगातार ओरालो लागेको बजार मंगलबार भने दोहोरो अंकले उकालो लागेको छ । साे दिनकाे कारोबार शुरु भए देखिनै सेयर बजार उकालो लागिरहेको थियो । समग्रमा मंगलबारकाे बजार बन्द हुँदा नेप्से परिसूचक १३.९७ अंकले उकालो लागेर १२०७ अंकमा पुगेको छ । बजारमा परिसूचकमा सुधार आएतापनि कारोबार रकममा भने खासै सुधार देखिएको छैन [&hellip;]</p>

काठमाडौं । तिहार पछि लगातार ओरालो लागेको बजार मंगलबार भने दोहोरो अंकले उकालो लागेको छ । साे दिनकाे कारोबार शुरु भए देखिनै सेयर बजार उकालो लागिरहेको थियो । समग्रमा मंगलबारकाे बजार बन्द हुँदा नेप्से परिसूचक १३.९७ अंकले उकालो लागेर १२०७ अंकमा पुगेको छ ।

बजारमा परिसूचकमा सुधार आएतापनि कारोबार रकममा भने खासै सुधार देखिएको छैन । तर सोमबारको तुलनामा मंगलबारको कारोबार रकम ४ करोड रुपैयाँले बढेको छ । मंगलबारको बजारमा कुल १५० कम्पनीको १७ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार जम्मा १३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । सोमबारको जस्तै मंगलबार पनि प्रभु बैंकको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको एकैदिन एक करोड ४३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

दोहोरो अंकले बढेको मंगलबारको बजारमा उन्नति माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । एकैदिन कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । ४२ प्रतिशत लाभांश घोषणा गरेपछि लगानीकर्ताहरु यस संस्थाको सेयरमा आर्कषित भएका हुन् । जस कारण संस्थाको सेयर मूल्य एकैदिन १५७ रुपैयाँले बढेर प्रतिकित्ता १७३२ रुपैयाँ पुगेको छ ।

सो दिन फाइनान्स समूह बाहेक बाँकी समूहको सूचक हरिया भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ७७ अंकले उकालो लागेको छ ।

अनलाइन प्रणाली शुरु भएपछि नेप्सेको साइटमा प्रविधिक समस्या देखिइरहेको छ । उक्त प्रणाली शुरु भएको चौथो दिन(आज) पनि साइटमा बेलाबेलामा समस्या देखिएको थियो ।

Share News